अप्रिलमा ‘दिल्ली–राराताल जिप यात्रा’ गरिदै


नेपालगन्ज : पाँचतारे होटल सेन्ट्रल प्लाजाले ‘वाओ एडभेन्चर’को संयुक्त आयोजनामा ‘दिल्ली–रारा ताल’ जिप यात्रा गर्ने भएको छ । कोहलपुरस्थित सेन्ट्रल प्लाजाले दिल्लीको बहुचर्चित वाओ एडभेन्चरसंग दिल्ली –रारा ताल जिप यात्राका लागि सहकार्य गरेको हो ।
उक्त यात्रा आगामी अप्रिल १७ मा शुरु हुने होटल सेन्ट्रल प्लाजाका प्रबन्धक निर्देशक देव अर्यालले जानकारी दिएका छन् । यात्रामा १५ वटा जिपमा ३० पर्यटकहरुको जनाको सहभागिता रहनेछ । कोहलपुरदेखि रारातालसम्मको व्यवस्थापन होटल सेन्ट्रल प्लाजाले व्यहोर्ने प्रबन्ध निर्देशक अर्यालले बताए ।
उक्त यात्राले भारतमा पश्चिम नेपालको रारा तालजस्ता आर्कषक पर्यटकिय गन्तव्यका बारेमा प्रचारप्रसार गराउन सहयोग पुग्ने बिश्वास गरिएको छ । पछिल्लो समय बाँकेमा सन्चालित तारे होटलले पश्चिम नेपालको पर्यटकियस्थललाई लक्षित गरी ‘टुर प्याकेज’ बनाउन सुरु गरेका छन् । त्यसअघि यहाँको पर्यटककियस्थल चिनाउन होटल सेन्ट्रल प्लाजाले सुरु गर्न लागेको दिल्ली–रारा जिप यात्रा जस्तै अभियानहरु सन्चालन गर्न आवश्यक रहेको सरोकारवाला अगुवाहरु बताउँछन् ।


प्रकाशित मितिः     १ चैत्र २०७५, शुक्रबार १८:१२  |
error: Content is protected !!