बाँकेका युवाहरुले युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिम भित्रा्ए


नेपालगन्ज : बाँकेका उत्साही युवाहरुले युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यू प्रिमियम र माएस्ट्रो सुप्रिम भित्राएका छन् ।  अष्ट्रियाको मोन्डी ग्रुपले उत्पादन गर्दै आइरहेको फोटोकपी पेपरको आइतबार नेपालगञ्ज मा औपचारिक रुपमा बिक्रि सुभारम्भ गरिएको छ । विश्व कै सर्वोत्कृष्ट ननकोटेड कागज दाबी गर्ने उक्त पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले नेपाल भित्राएको हो ।

रंगिन फोटोकपी, फोटो छपाइ तथा किताब छपाइमा पेपरको प्रयोग उपयुक्त हुने प्रालिका अध्यक्ष शकील अहमद खानले बताए ।  प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरीय फोटो छपाइ गर्न सकिने कम्पनीले जनाएको छ । शुभारम्भ कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा, ग्रिन एन्ड क्लिन कम्पनीका सकिल अहमद खान, प्रबन्ध र्निेशक ओम मिश्रा, संचालक किरण ढकालले कार्यक्रममा उत्पादन र बिक्रीको योजना सुनाएका थिए । मोण्डी ग्रुपका प्रतिनिधी ओझाले  यो पेपर अन्य कम्पनीका भन्दा बढी गुणस्तरीय भएको दावी गरे ।

प्रकाशित मितिः     ३ चैत्र २०७५, आईतवार १७:११  |