भारतबाट हुने पैठारी सम्बन्धमा जान्नुपर्ने कुरा


भारतबाट मालवस्तु पैठारी गर्ने प्रक्रियाहरु के के हुन् ?

क. प्रतीतपत्रर टी.टी.र ड्राफ्टको माध्यमबाट

ख. स्थानीय खरिद लोकल पैठारी बाट

भारतमा परिवत्र्य विदेशी मुद्रा भूक्तानी गरी पैठारी गर्दा भन्सार कार्यालयमा के कस्ता कागजातहरु पेश गर्नु पर्दछ ?

ती कागजातहरु हुन् :

१. प्रज्ञापनपत्र

२. प्रतीतपत्र र टी.टी. र ड्राफ्ट

३. ARE 1 फाराम

४. विमाको कागज

५. प्याकिङ्ग लिष्ट

६. विल अफ एक्सपोर्ट

७. मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र

८. फर्म वा कम्पनी रजिष्टे«शन प्रमाणपत्र

९. उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र

१०. कुनै निकायको सिफारिसमा मात्र पैठारी गर्न पाउने भए त्यस्तो निकायको सिफारिस पत्र

११. सवारी साधन पैठारी गर्दा त्ब् र ऋइए को कागजात÷प्रमाणपत्र

१२. वि.वि.नि. फाराम ४

१३. भन्सार एजेन्ट नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति पत्र

भारतबाट स्थानीय खरिद .लोकल पैठारी बाट पैठारी गर्दा के कस्ता कागजात पेश गर्नु पर्दछ ?

१. प्रज्ञापनपत्र

२. भारती मुद्रामा प्रतीतपत्र खोलेको भए सो प्रतीतपत्र

३.विजक

४. विमाको कागज

५. प्याकिङ्ग लिष्ट

६. ढुवानी कागजात

७. भारती मुद्राको प्रतीतपत्र हकमा सम्वन्धित बैंकले जारी गरेको वि।वि।नि। फा। ४ ९ख०

८. फर्म वा कम्पनी रजिष्टे«शन प्रमाणपत्र

९. उद्योगको हकमा उद्योग दर्ताको प्रमाणपत्र

१०. मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र

११. कुनै निकायको सिफारिसमा मात्र पैठारी गर्न पाउने भए त्यस्तो सिफारिस पत्र

१२.भन्सार एजेन्ट नियुक्ति गरेकोमा त्यस्तो नियुक्ति पत्र

अन्य देशमा उत्पादन भई भारतमा आयात गरिएको मालवस्तु पुनः नेपालमा आयात गर्न पाइन्छ । पाईदैन ?

पाईदैन । भारतमा उत्पादन गरिएको वा भारतमा निर्माण गरिएको मालवस्तु मात्र नेपालमा आयात गर्न सकिन्छ । भारतबाट आयात गरिने मालवस्तु भारतमानै उत्पादन वा निर्माण गरिएको हुनुपर्दछ ।

भारतबाट नेपालमा आयात गरिएको मालवस्तु अरु मुलुकमा निकासी गर्न पाइन्छ कि,पाईदैन ?

पाइन्छ । नेपाल र भारतबीच २००९ मा गरिएको बाणिज्य सन्धिले यो व्यवस्था खुला गरेको हो ।

नेपालमा अन्य मुलुकबाट आयात गरिएको मालवस्तु भारतमा निकासी गर्न सकिन्छ र सकिंदैन ?

सकिंदैन । नेपालमा उत्पादन वा निर्माण गरिएको मालवस्तु मात्र भारतमा निकासी गर्न पाइन्छ ।

प्रकाशित मितिः     ४ चैत्र २०७५, सोमबार ०७:२५  |