नेपाल क्रेडिट एण्ड कमर्श बैंक कोहलपुर शाखाद्धारा शैक्षिक सामाग्री हस्तान्तरण


बाँके : नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड कोहलपुर शाखाले आईतबार बागेश्वरी बहुमुखी क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । बैंकका शाखा प्रवन्धक बसन्त रेग्मीले क्याम्पस प्रमुख शिशिरकुमार आचार्यलाई बिभिन्न शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन ।
सामाजिक उत्तरदायित्व तथा बित्तिय सचेतना कार्यक्रम अन्र्तगत बैंकले क्याम्पसलाई शैक्षिक समाग्री प्रदान गरेको बैंकका शाखा प्रबन्धक रेग्मीले जानकारी दिए ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा कोहलपुर वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापा, कोहलपुर उद्योग व्यापार संघका बरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्मा लगायतको सहभागिता थियो । वडा अध्यक्ष थापा र संघका बरिष्ठ उपाध्यक्ष शर्माले बैंक तथा बित्तिय क्षेत्रले सामाजिक उत्तरदायित्व महसुस गरेको धन्यबाद दिए । बैंकका प्रबन्धक रेग्मीले आगामी दिनमा पनि बित्तिय साक्षरता जस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।


प्रकाशित मितिः     ३ चैत्र २०७५, आईतवार २०:५२  |
error: Content is protected !!