२७ खर्ब ६४ अर्ब कर्जा प्रबाह गरेका बैंकहरुको लगानी कुन शिर्षकमा कति ? (विवरण सहित)


नेपालगन्ज : चालु आर्थिक बर्षको माघ मसान्त सम्ममा बैंकहरुले २७ खर्ब ६४ अर्ब ५४ करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । उक्त अवधिमा बैंकहरुले सबैभन्दा धरै कर्जा वर्किङ क्यापीटल क्षेत्रमा २१ दशमलव ३७ प्रतिशत प्रवाह गरेका छन् । जुन कुल कर्जामध्ये ५ खर्ब ९० अर्ब ९१ करोड ८ लाख रुपैयाँ हुन आउँछ । त्यस्तै बैंकहरुको कर्जा प्रवाह बील पर्चेजमा सबैभन्दा कम देखिएको छ । यसमा शुन्य दशमलव ११ प्रतिशत अर्थात् २ अर्ब ९८ करोड २ लाख रुपैयाँ कर्जा लगानी छ ।

बैंकहरुले टर्म लोनमा ५ खर्ब ४ अर्ब ३ करोड ९३ लाख कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जाको १८ दशमलव २३ प्रतिशत हुन आउँछ । ओभरड्राफ्ट कर्जा तर्फ ४ खर्ब ५३ अर्ब ६ करोड ७२ लाख रुपैयाँ प्रवाह गरेका छन् । उक्त कर्जा कुल कर्जाको १६ दशमलव ३९ प्रतिशत हो । ट्रस्ट रिसिप्ट तथा इम्पोर्ट तर्फ बैंकहरुले १ खर्ब ३५ अर्ब ७२ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन जुन कुल कर्जाको ४ दशमलव ९१ प्रतिशत हो ।

माघ मसान्त सम्ममा बैंकहरुले २ खर्ब २३ अर्ब ३ करोड २० लाख रुपैयाँ व्यक्तिगत घर कर्जामा लगानी गरेका छन् । जुन कुल कर्जाको ८ दशमलव ७ प्रतिशत हो । उक्त अवधिमा बैंकहरुले रियल स्टेट क्षेत्रमा १ खर्ब ४४ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन कुल कर्जा लगानीको ५ दशमलव २३ प्रतिशत हुन आउँछ । मार्जिन नेचर कर्जामा बैंहरुले ४० अर्ब ७५ करोड ५२ लाख रुपैयाँ लगानी गरेको देखिन्छ ।

कुल कर्जा लगानीमा ६ दशमलव ६५ प्रतिशत हिस्सा रहेको हार्यर पर्चेज कर्जामा बैंकहरुले १ खर्ब ८३ अर्ब ९० करोड ४७ लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै सरकारले अनिवार्य रुपमा ५ प्रतिशत लगानी गर्न भनेको डिप्राइभ्ड सेक्टरमा १ खर्ब ६० अर्ब ६६ कारोड ३६ लाख लगानी गरेका छन् । जुन कुल कर्जा लगानीको ५ दशमलव ८१ प्रतिशत हुन आउँछ । अन्य क्षेत्रमा बैंकहरुको कर्जा लगानी ३ खर्ब २४ अर्ब ९६ करोड ३६ लाख रहेको छ ।  बैंकिङ खबर 

प्रकाशित मितिः     ७ चैत्र २०७५, बिहीबार १८:२५  |