बाँके : विरयानी, नेपालगन्जकोे बिशेष खान्की हो । मुबारक बिरयानी त झन् यहाँको ब्राण्ड नै बनिसकेको छ । अमेरिकी राजदुत बेरी नेपालगन्ज आएका बेला मुवारक बिरयानीमा गएको भिडियो अहिले सामाजिक सन्जालमा निकै रुचाईएको छ । अमेरिकी दुतावासको फेसबुक पेजमा राजदुत बेरीले बिरयानी खाएको फुटेज सार्वजनिक गरिएको छ । उक्त भिडियो हजारौले हेरेका छन् ।
