उद्घाटन समारोह चैत २७ गते तय , साँझ ६ बजेदेखि चारघण्टा यसरी सजिने छ नेपालगन्ज रङ्गशाला


नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बिष्टले नेपालगन्जमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन समारोह यही चैत २७ गते हुने निश्चित भएको बताएका छन् । बिष्टले चैत १५ गते बस्ने परिषदको बोर्ड बैठकले उक्त मितिलाई औपचारिकरुपमा निर्णय गर्दै सार्वजनिक गर्ने जानकारी दिए ।
चैत २७ गते साँझ सात बजे राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतियोगिताको समुद्घाटन गर्ने छिन् । ‘चैत १५ गते बस्ने बोर्ड बैठकले चैत २७ गतेको मिति टुङ्गो लगाउँछ’ समन्वय बैठकमा आईतबार नेपालगन्जमा बोल्दै बिष्टले भने,–‘समुद्घाटन समारोह साँझ सात बजेदेखि शुरु भई नौं बजेसम्म चल्ने छ ।’
समुद्घाटन समारोहको दिन साँझ आठ बजे ओलम्पिक टर्च बालिने छ । करिव चार घण्टा नेपालगन्ज रंगशाला बिशेषरुपले सजाईने छ । उत्सवमय बन्ने छ । दोस्रो पटक नेपालगन्जमा हुन लागेको राष्ट्रिय खेलको समुद्घाटन समारोहमा आतिसबाजी सहित भब्य झाँकीले झकिझाउ हुनेछ । साँझ नौं बजेसम्म सांगितिक कार्यक्रमको आयोजना गरिने सदस्य सचिव बिष्टले बताए । । ‘उद्घाटन अवधीभर सम्माननिय राष्ट्रपति ज्यूलाई सहभागि बनाउने गरी योजना तय गर्दैछौ ।’– बिष्टले भने । उद्घाटन सत्रमा हरेक भेषभुषा, धर्म, सम्प्रदाय, कला संस्कृतिक झल्किने झाँकी प्रदर्शनी गरिने गरिने छ । त्यसैगरी अतिसबाजी समेत गर्ने तयारी भइरहेको छ । ‘उद्घाटन सत्रलाई हामी सम्झनलायक बनाउन खोजिरहेका छौं । त्यो दिन पुरै नेपालको झल्को दिने साँस्कृतिक झाँकी प्रदर्शन गरिने छ ।’– क्षेत्रीय खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम ओलीले भने ।

प्रतियोगिताका लागि पुनःनिर्माण गरिएको नेपालगन्ज रंगशाला मैदान, सोही स्थानमा ६५ सय क्षमताको दर्शक प्यारापिट, नेपालगन्जमै सुटिङ रेन्ज, भारत्तोलन एकेडेमी भवन, कोहलपुरस्थित क्रिकेट मैदान, दाङको लमहीमा रहेको क्रिकेट मैदान, घोराहीमा बासकेटबल कोर्ट, बाँकेको खजुरामा भलिबल स्टेडियम, बर्दियाको भुरीगाउँमा खोखो खेलको कभर्डहल, रूपन्देहीमा लनटेनिस कोर्ट, कपिलवस्तुमा कुस्ती खेलका लागि मायादेवी खेल मैदान निर्माण सम्पन्न भइसकेको प्रदेश ५ खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मितिः     १० चैत्र २०७५, आईतवार १६:३९  |