स्वदेशी उद्योगलाई मार नपार्ने गरी बिदेशी लगानी भित्रा्उन नेपालगन्जका उद्योगीको सुझाव


बाँके :  नेपालगन्जका उद्योगी, व्यवसायीले स्वदेशी उद्योगलाई मार नपार्ने गरी बिदेशी लगानी भित्रा्उन दिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले सहुलियत दिएर भित्रिने बिदेशी उद्योगका कारण स्वदेशी उद्योगी धरासायी बन्न सक्ने तर्फ सचेत रहन सरकारलाई सचेत गराए । नेपालगन्ज उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै यहाँका प्रतिष्ठित उद्योगपति एवं भिएमआई ग्रुपका प्रमुख कन्हैयालाल बैद्यले सहुलियत दिएर भित्रा्ईने बिदेशी उद्योगले स्वदेशी उद्योग धरासायी बनाउने बताए । उनले भने,–‘बिदेशीलाई सहुलियत दिने तर स्वदेशीलाई करको मारमा पार्ने हो भने देशले आर्थिक उन्नती गर्दैन ।’ उनले सहुलियत दिएर नेपाली आफैले पुँजी लगाएर उद्योग खोल्ने क्षमता राख्ने बताए ।


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाईले जलबिद्युत जस्ता ठुलो लगानीको क्षेत्रमा मात्र बिदेशी लगानी भित्रा््उने प्रावधान ल्याउनुपर्ने बताए । उनले भने,–‘हाम्रो देशमा नभएका प्रविधिमा मात्र बिदेशी लगाउनी भित्रा्उन दिन सक्नुपर्छ ।’ नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले स्वदेशी उद्योग फस्टाउनका लागि सहुलियतको व्यवस्था गर्नुपर्ने बताए । कानुनी अड्चन, ब्याजदरको बृद्धि र कर प्रणालीका कारण स्वदेशी उद्योग फस्टाउन नसकेको बताए ।


नेपालगन्ज उद्योग वाणिज्य वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपाल लगानीको प्रचुर सम्भावना बोकेर बसेको बताए । जग्गा लगायतका पूर्वाधार सहज तरिकाले पाइने भएकाले लगानीकर्तालाई लगानी गर्न आह्वान गरे । अन्तरक्रियाको प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बाँके र बर्दियामा ठुला उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गरिने बताईन । सम्भव भएसम्म दशैं अगाडी नै त्यस्तो सम्मेलन गर्ने तयारी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणाले बताईन ।


‘बाँके र बर्दियामा लगानीको प्रशस्त सम्भावना छ । तर पनि लगानीकर्तालाई आर्कषित गर्न सकिरहेका छैनौं ।’ लगानी,पर्यटन लगायतका बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष राणाले भनिन्–‘अब पश्चिम पनि लगानीको क्षेत्र हो भन्ने कुरा देश बिदेशमा चिनाउन लगानी सम्मेलन गर्ने सोंच बनाएका छौं ।’ नेपालगन्ज निवासी राणाले आफ्नो क्षेत्रका लागि केही गरौं भन्ने सोंचका आधारमा लगानी सम्मेलनको पहल गरिरहेको बताएकी छन् ।

प्रकाशित मितिः     ११ चैत्र २०७५, सोमबार १६:४५  |