आगामी बजेटमा भन्सार प्रणाली सुधारका लागि सुझाव दिन आग्रह


बाँके : सरकारले आर्थिक वर्ष २०७६र २०७७ का लागि बजेट तर्जुमाको काम गरिरहेको छ । आगामी बजेटमा भन्सारसंग सम्बन्धित बिषयहरुमा तपाईले पनि सुझाव र परामर्श दिन सक्नुहुनेछ ।
भन्सार उपसमितिले सार्वजनिक सूचना जारी गरी चैत १५ गतेभित्र भन्सार बिभागको नीति,महसुल तथा वर्गीकरण शाखाको ईमेल ठेगाना traiff@customs.gov.np मा पठाउन आग्रह गरेको छ । बिभागले भन्सार ऐन नियममा गर्नुपर्ने परिमार्जन,भन्सार दर पुनरावलोकन, भन्सार मूल्यांकन प्रणालीमा गर्नुपर्ने सुधार, प्रक्रियामा सरलीकरण,सीमा व्यवस्थापन, गार्मेन्ट ब्यापारको सहजिकरण जस्ता बिषयमा केन्द्रीत रही सुझाव पठाउन आग्रह गरेको छ ।

प्रकाशित मितिः     १२ चैत्र २०७५, मंगलवार ११:२५  |