लागुऔषधबाट मुक्त भएपछि स्वदेशमै इलम


बाँके : लागुऔषध दुव्र्यसनमा फसेका सबै युवाहरुको जीवन बर्बाद भएको छैन । आफुलाई सुधार गर्न चाहानेहरुले नयाँ जीवन समेत पाएका छन् । परिवर्तन समूह नेपालगन्जले सन्चालन गरेको मेथाडोन उपचार पद्धती अपनाएका युवाहरु दुव्र्यसनमुक्त भएर बैदेशिक रोजगारीदेखि स्वदेशमै ईलम गरेर बसेका छन् ।
चेन्ज टिमकी कार्यक्रम संयोजक इन्दु रावलका अनुसार सन् २०१३ बाट नेपालगन्जमा मेथाडोन पद्धतीबाट दुव्र्यसनमा परेका युवायुवतीलाई उपचार सुरु गरिएको हो । चिकित्सकको पूर्ण निगरानीमा छ देखि एक वर्षसम्म यो उपचार गरिन्छ । हालसम्म नेपालगन्जमा ३ सय १२ जना यसको सम्पर्कमा आएका छन् । त्यसमध्ये १३ जना पूर्णरुपमा दुव्र्यसनबाट मुक्त भएर बैदेशिक रोजगारमा गएका छन् । ३६ जना स्वदेशमै काम गरिरहेका छन् ।

‘लागुऔषधको कुलतमा फसेपछि सुर्धिदैन भन्ने कुरा सही होइन ।’ परिवर्तन समूका अध्यक्ष प्रविण बिसीले भने–‘सुधार भएर बिभिन्न क्षेत्रमा काम गरिरहेको थुप्रै उदाहरण छन् ।’ अहिले ५९ जनाले मेथाडोन उपचार पद्धती अपनाइरहेका छन् । अन्य नियममितरुपमा नआउने समस्या रहेको छ । नियमितरुपमा आउन नसक्नुमा धेरै कारणहरु रहेको कार्यक्रम संयोजक रावलले बताईन ।

प्रकाशित मितिः     १२ चैत्र २०७५, मंगलवार १९:१४  |