बन्दै छ भिआईपी प्याराफिट


नेपालगन्ज : नेपालगन्ज रंगशालामा भिआइपी प्याराफिट जडानको कामलाई तिव्र रुपमा अघि बढाइएको छ । प्याराफिटको अन्य प्रावधिक काम सगं सगै ठडाउने कामलाई पनि अघि बढाइएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जनाए । १० दिन भित्र भिआइपि प्याराफिट निर्माण सक्ने गरी काम थालनी गरीएको मध्यपश्चिम खेलकुद विकास प्रदेश नम्बर ५ का अध्यक्ष भिम वलिले जानकारी दिए । प्रावधिक इन्जिनियरहरु समयमै प्याराफिट निर्माण गरीसक्ने उदेश्यका साथ दिनरात खटिएको अध्यक्ष वलीले बताए ।

चैत्र २७ गते आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने लक्ष्य अनुरुप नै कार्य विभाजन भए स्वरुपनै कामलाई तिव्रता दिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । भिआईपी प्याराफिट कस्तो बनिरहेको छ भनेर अनुगमन गर्न सरोकारवाला निकाय, खेल प्रेमि तथा सञ्चारकर्मिहरुलाई राष्ट्रिय खेलकुद परिषदले अनुरोध समेत गरेको छ ।


 

प्रकाशित मितिः     १४ चैत्र २०७५, बिहीबार १६:५८  |
error: Content is protected !!