नेपालगन्ज : शुक्रबारदेखि काठमाडौंमा सुरू हुने लगानी सम्मेलन शुरु हुँदैछ । सम्भवत पहिलो पटक लगानी सम्मेलनमा बाँकेको एउटा प्रोजेक्ट प्रस्तुत हुँदैछ । नौवस्तास्थित औद्योगिकक्षेत्र लगानी सम्मेलनमा प्रस्तुच गरिने प्रोजेक्ट भित्र परेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताईन । उनकै पहलमा उक्त प्रोजेक्ट लगानी सम्मेलनमा छलफलका लागि प्रस्तुत हुँदैछ ।
लगानी सम्मेलनमा नेपालगन्जका उद्योगीहरुलाई औपचारिकरुपमा निम्तो आएको छैन । तर स्वस्फुर्तरुपमा सहभागि हुन्छन की हुँदैन् हेर्न बाँकी छ । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले लगानी सम्मेलनका लागि बाँके जिल्लाका धेरै प्रोजेक्टहरु समावेशन गर्न सकिने भएपनि तयारी गर्न नसकिएको बताए । नेपालगन्ज बिमानस्थलको स्तोरन्न्ती, जडिबुटीके प्रशोधन लगायतका प्रोजेक्ट प्रस्तुत गर्न सकिने श्रेष्ठले बताए । यद्यपी पहिलो पटक लगानी सम्मेलनमा बाँकेको बिषय पनि समेटिएको उनले बताए ।विदेशी लगानीकर्तालाई नेपालको बजार र व्यवस्थाका बारेमा जानकारी दिन भन्दै सरकारले आयोजना गरेको उक्त सम्मेलनमा अमेरिकी कम्पनीहरू माइक्रोसफ्ट र अमेजनले पनि सहभागिता जनाउने लगानी बोर्डले जानकारी दिएको छ।कम्प्युटर अपरेटिङ सिस्टममा एकल साम्राज्य खडा गरेको माइक्रोसफ्टका प्रतिनिधि उक्त सम्मेलनमा सहभागी हुनेछन्।
त्यस्तै, अनलाई सपिङ जायन्ट अमेजनका प्रतिनिधिले पनि भाग लिने बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीले जानकारी दिए।उनका अनुसार सम्मेलनमा चाइना रेल्वे, पावर चाइनाका प्रतिनिधि पनि आउने छन्।विश्वभरका ४० देशबाट ६ सय बढी प्रतिनिधि आउने सम्मेलनमा थुप्रै प्रसिद्ध कम्पनीका उच्चपदस्थहरू सहभागी हुने अधिकारीले जानकारी दिए।विश्वभरबाट आएका लगानीकर्तालाई नेपालको लगानीसम्बन्धी कानुनी व्यवस्था, बजारको अवस्था तत्काल लगानी मिल्ने आयोजनाका बारेमा विस्तृत जानकारी लगानी बोर्डले दिनेछ। दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा विभिन्न क्षेत्रगत सेसन चल्नेछन्।व्यवसायिक कम्पनीका प्रतिनिधिसँगै केही उच्चपदस्थहरू पनि सम्मेलनमा सहभागी हुनेछन्।लगानी बोर्डकाअनुसार म्यानमारका विदेश आर्थिक सम्बन्धन मन्त्री यू थाङटुन २८ जनाको प्रतिनिधि मण्डलसहित आउने छन्।त्यस्तै, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, बहुपक्षीय लगानी प्रत्याभूति सम्बन्धी निकाय(मिगा)का प्रमुख कार्यकारी केइको होण्डा, अन्तर्रा्ष्ट्रिय वित्त निगमका उपाध्यक्ष पिटर लंकेस, एसियाली पूर्वाधार विकास बैंकका उपाध्यक्ष डोङली सहभागी हुनेछन्।चीनबाट सबभन्दा बढी प्रतिनिधि आउँदै छन्।