मानसरोवरको ‘गेट वे’मा ‘शोभिनर सप’


हिन्दुहरुको पवित्र धार्मिकस्थल मानसरोवारको ‘गेट वे’का रुपमा चिनिन्छ, नेपालगन्ज । तिब्बतमा रहेको मानसरोवर जान भारतीय तिर्थयात्रीहरुलाई नेपालगन्ज रुट सबैभन्दा नजिक पर्छ । यहाँको हवाईजहाजमा हुम्ला त्यहाँका तिब्बत पुगिन्छ । कैलाश मानसरोवारको सिजन बैशाखबाट शुरु हुन्छ । सिजनका बेला यहाँका होटलमा तिर्थयात्रीको संख्या अधिक देख्न पाईन्छ । मानसरोवर तिर्थयात्रीलाई लक्षित गरी होटल स्नेहले शोभिनर सप सन्चालनमा ल्याएको छ । जहाँ मानसरोवर तिर्थयात्रीका लागि आवश्यक पर्ने धार्मिक सामाग्रीदेखि महिलाहरुले उत्पादन गरेका पश्मिना, मफलर,नेपाली खास्टो, तितौरा किन्न पाईन्छ ।

 

प्रकाशित मितिः     १७ चैत्र २०७५, आईतवार १३:४४  |