उद्योग र व्यवसायीकक्षेत्रकै बिद्युत बक्यौता तीन करोड


बाँके : बिजुली प्रयोग गरेर पैसा नतिर्नेको सूचिमा सर्वसाधारण मात्र होइन उद्योग,कलकारखाना समेत कम देखिएका छैनन् । नेपालगन्ज बिद्युत प्राधिकरणलाई उद्योग तथा व्यवसायीकक्षेत्रले तीन करोड बढि बिद्युत महसुस तिर्न बाँकी छ ।
बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवका अनुसार चालु आर्थिक वर्षको चैत्रसम्म रु २८ करोड ५५ लाख बक्यौता उठाउन बाँकी छ । त्यसमध्ये उद्योगक्षेत्रको मात्र रु १ करोड ६४ लाख छ भने व्यवसायीकक्षेत्रबाट रु १ करोड ३० लाख रुपैया रहेको छ ।


ताकेता गर्दा समेत बिद्युत महसुल नतिर्नेको लाईन काट्न सुरु भइसकेको प्रमुख यादवले जानकारी दिए । उनले महसुल नतिरेर बिजुली बाल्न कसैलाई छुट नदिने स्पष्ट पारेका छन् । नेपालगन्जमा नीजिक्षेत्र मात्र नभई सरकारी तथा गैरसरकारी निकायले समेत बिजुली बालेको रकम तिर्न मानेका छैनन् । नेपालगन्जको औद्योगिकक्षेत्रमा छुट्ै फिडर सन्चालन गरिएको छ । त्यसबाहेक अन्यत्र सन्चालनमा रहेका उद्योग नियमित बिद्युत लाईनबाट सन्चालनमा रहेका छन् ।

प्रकाशित मितिः     १९ चैत्र २०७५, मंगलवार ११:०३  |