बिद्युत प्राधिकरणले खजुरामा सबस्टेशन बनाउने


बाँके : नेपाल बिद्युत प्राधिकरणले खजुरा गाउँपालिकामा अलग्गै सब–स्टेशन जडान गर्ने भएको छ । सर्बसाधारण र उद्योग,व्यवसायको समेत चाप बढेपछि खजुराक्षेत्रलाई लक्षित गर्दै ३३ केभिए क्षमताको सबस्टेशन जडान गर्ने तयारी भइरहेको बिद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिए ।

सबस्टेशनका लागि जग्गाको खोजी समेत भइसकेको छ । यादवका अनुसार हाल क्यान्सर अस्पताल नजिकै जग्गाको व्यवस्थापन गर्ने काम भएको छ । ‘खजुरा गाउँपालिकाको समन्वयमा ऐलानी र सरकारी जग्गाको व्यवस्थापन भइरहेको छ’– यादवले भने ।


जग्गासंगै सबस्टेशन निर्माणका लागि आवश्यक पर्ने बजेट समेत टुङ्गो लागेको छ । प्राधिकरण स्रोतका अनुसार सबस्टेशन बनाउन रु ३० करोड भन्दा बढि लाग्न सक्छ । जतिसक्यो छिटो सबस्टेशन बनाउने काम सुरु गरिने यादवले बताए । अहिले खजुरामा परसपुर र नेपालगन्ज सबस्टेशनबाट बिजुली खपत भइरहेको छ । लामोे दुरीबाट लगिएको बिजुलीमा बिभिन्न समस्या आउने गरेकाले खजुराक्षेत्रका सर्बसाधारणले सास्ती खेप्दै आएका छन् । तर सबस्टेशन जडानसंगै राहात महसुस गर्ने बिश्वास लिइएको छ ।

प्रकाशित मितिः     १८ चैत्र २०७५, सोमबार १७:५६  |
error: Content is protected !!