पत्रकार महासंघ बाँके बनाउने तीन कोठे व्यवसायीक भवनको मन्त्री राईद्धारा शिलान्यास


बाँके : शहरी विकास मन्त्री एवं बाँके निर्वाचन क्षेत्र नं. २ का संघीयसभा सांसद ईस्तियाक राईको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले तीन कोठे व्यवसायीक भवन बनाउने भएको छ । बुधवार मन्त्री राईले भवनको शिलान्यास गरे ।

राईले संसद विकास कार्यक्रम अन्र्तगत रु ५ लाख सहयोग गर्ने भएपछि महासंघले आफ्नो जग्गामा भवन बनाउन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री राईले जिल्लाको पत्रकारिताक्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताए । उनले समग्र जिल्लाका् विकासका लागि सन्चारक्षेत्रको पहलकदमी आवश्यक रहेको उल्लेख गरे ।


नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले व्यवसायीक भवन निर्माण भएपछि भाडामा दिने र त्यसबाट आउने पैसाले पत्रकारिताक्षेत्रको बृत्ति विकासमा खर्च गर्ने बताए ।

प्रकाशित मितिः     २० चैत्र २०७५, बुधबार १५:०९  |
error: Content is protected !!