पन्ध्रौँ पञ्चवर्षिय योजनाः दोहोरो आर्थिक वृद्धिको लक्ष्य सहित समृद्ध मुलुकको सपना


नेपालगन्ज : राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कँडेलले समृद्ध नेपालको लागि दोहोरो अंकको आर्थिक बृद्धि सहित तिव्र विकास र उत्पादन सहितको आत्मनिर्भरका योजना तय गरिएको बताएका छन् । १४ औं पञ्चवर्षिय योजनाले लिएका धेरैजसो सूचक लक्ष्य नजिक पुगेको भँदै त्यसले पन्ध्रौँ योजनाको कार्यान्वयन गर्न सहज उनले बताए ।

पन्ध्रौँ पञ्चवर्षिय योजनाको मस्यौदामा वि.सं. २०८१ सम्म आर्थिक वृद्धिदर १० दशमलव ३ प्रतिशत पुर्याउने, प्रतिव्यक्ति आय १ हजार ६ सय अमेरिकी डलर पुर्याउने, गरिबी १३ प्रतिशतमा झार्ने, साक्षरता दर ९० प्रतिशत पुर्याउने, विद्यालय भर्नादर ९९ दशमलव ५ प्रतिशत पुर्याउने बेरोजगारी दर ११ बाट ६ प्रतिशतमा झार्ने, १५ हजार कि.मी कालोपत्रे सहितको लोकमार्ग बनाउने, ७६ कि.मि द्रुतमार्ग बनाउने, ११२ कि.मि रेलमार्ग बनाउने, ९९ प्रतिशत परिवारमा बिजुली पुर्याउने, ६५ प्रतिशतमा इन्टरनेट पुर्याउने लगायतका लक्ष्य पनि पन्ध्रौँ योजनाको मस्यौदामा रहेका छन् ।

योजना आयोगले आगामी २५ वर्षको पनि मस्यौदा तयार पारेको छ । जसमा प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डरल पुर्याउने, गरिबी ५ प्रतिशमा झार्ने, बेरोजगारी दर ३ प्रतिशमा झार्ने, ४० हजार मेघावाट बिजुली उत्पादन, ३३ हजार कि.मि राष्ट्रिय लोकमार्ग बनाउने, २ हजार कि.मि द्रुतमार्ग, २२ सय कि.मि रेलमार्ग बनाउने, सतप्रतिशत नेपाली इन्टरनेटको पहुँचमा पुर्याउने लगायतका आधारपत्र तयार पारेको छ । २५ वर्ष पछाडी नेपाल उच्च आय भएको समृद्ध देश बन्ने आयोगले तयार पारेको मस्योदामा उल्लेख छ । उक्त मस्यौदामा अहिले राष्ट्रिय विकास परिषदको बैठकमा छलफल चलिरहेको छ । दुइ दिन सम्म छलफल भएपछि मस्यौदाले अन्तिम रुप पाउनेछ ।

बैंकिङ खबरबाट

प्रकाशित मितिः     २० चैत्र २०७५, बुधबार १५:१७  |