काठमाडौं। एनआईसी एशिया बैंकले चमत्कारिक २२ वटा विशेषता भएको विभिन्न १५ वटा नयाँ निक्षेप योजना ल्याएको छ। बैंकले २२ वर्ष प्रवेश गरेको अवसरमा बुधबारदेखि चमत्कारिक विशेषतासहितको निक्षेप योजना ल्याएको हो।
बैंकले चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता,चमत्कारिक बाबुनानी बचत खाता,चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता र कर्मचारीहरुलाई लक्षित गरि चमत्कारिक तलब बचत खाता संचालनमा ल्याएको हो। यो योजनाले आम जनतामा बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैंकले लिएको जनाएको छ। यो निक्षेपमा १५लाखसम्मको दुर्घटना बिमा र १५ लाख सम्मको १८ घातक रोगहरुको बिमा र १ लाख ५० हजार सम्मको औषधि उपचार बीमा पाउने बैंकले जनाएको छ। बैंकका अनुसार कर्जामा विशेष छुट र सहुलियतसहितको २२ चमत्कारिक फाइदा छ।

यो चमत्कारिक बचत खाता बैंकको २ सय ८१ वटै शाखाकार्यालयहरु, अनलाइनबाट सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ। यो सुविधा वाहेक पनि पहिलो पटक स्वीप इन र स्वीप आउटको सुविधा बचत खातामा मुद्दती खाताकै सुविधा पाइने बैंकले जनाएको छ। बैंकका अनुसार बैकको कुनैपनि एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा समेत छ। बैंकले नारी बचत योजनामा सुनचाँदीका सिक्का समेत दिने जनाएको छ।
बैंकका अनुसार घरमै बैंकिङ्ग सुविधाप्रदानगर्न सक्ने थप सुविधातथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना, चमत्कारिक बिद्यार्थी बचत योजना र आमकर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा दिने तलब खाता समेत ल्याएको छ।