यस्तो बन्दैछ नेपालगन्ज बसपार्क


नेपालगन्ज : नेपालगन्ज बसपार्क निर्माण सक्न रात–दिन काम भइरहेको छ ।  अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक बसपार्क निर्माणका लागि दुई वर्षअघि ठेक्का सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको लापरबाहीका कारण बसपार्कको काम पछाडि धकेलिएको हो । उपमहानगरले नगर विकास कोषको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो ।

बसपार्कको निर्माणको काममा ढिलाइ हुँदा सवारी साधन पार्किङमा समस्या छ । सडकमै पार्किङ गर्दा जाम हुने गरेको छ । उक्त बसपार्कबाट दैनिक करिब ५ पाँच सय साना–ठूला सवारी साधन आउजाउ गर्छन् । सवारी साधनबाट दैनिक २० देखि १ सय रुपैयाँ शुल्क लिने गरिएको छ । करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माण सुरु गरिएको हो ।


समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न संघीय र प्रेदश सरकारले निर्देशन दिएका छन् । अन्तर्राष्ट्रियस्तरको बसपार्क निर्माणको ठेक्का युनाइटेड बिल्डर्सले पाएको छ । साढे चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको बसपार्कमा टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गर्ने लक्ष्य छ ।

 

प्रकाशित मितिः     २० चैत्र २०७५, बुधबार १५:३०  |
error: Content is protected !!