नेपालगन्ज उपमहानगरले महिलालाई निःशुल्क जिप,कार चलाउने सिकाउने (दिनुहोस् निवेदन)


फाइल फोटो

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले महिलाहरुलाई सवारीसाधन चलाउन निःशुल्क प्रशिक्षण दिने भएको छ । चैत १८ गते सार्वजनिक सूचना जारी गरी उपमहानगरपालिकाले हलुका सवारी साधन कार,जीप चलाउन सिक्न चाहाने महिलाहरुलाई आवेदन दिन भनिएको छ ।

महिलामैत्री बस सन्चालनको तयारीमा रहेको उपमहानगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन फरक पेशामा प्रोत्साहन गर्दै नयाँ कामको सुरु गर्न थालेको हो । आर्थिक सबलीकरण र सशक्तीकरणको माध्यमबाट घरभित्रै सिमित महिलाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराउन सवारीसाधनको प्रशिक्षण दिन लागिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले बताए ।

आर्थिक वर्ष २०७५र२०७६ को नेपाल सरकार साझेदारी विकास कार्यक्रम अन्र्तगत प्राप्त बिशेष अनुदानबाट महिलाहरुलाई हलुका सवारीसाधन सन्चालनका लागि निःशुल्क तालिम दिन लागिएको हो । २५ जना महिलाहरुलाई प्रशिण दिने तयारी रहेको छ । प्रशिक्षणका लागि निवेदन दिने अन्तिम म्याद बैशाख २ गतेसम्मका लागि तोकिएको छ ।

प्रकाशित मितिः     २१ चैत्र २०७५, बिहीबार १५:५६  |