बैंक नपुगेको प्रदेश ५ को एक्लो गाउँपालिका


नेपालगन्ज : प्रदेश नम्बर पाँचको १ सय ८ वटा स्थानीय तहमा वाणिज्य बैंकहरु पुगिसकेका छन् । कुल १ सय ९ वटा स्थानीय तहमध्ये रोल्पाको सुनछहारी गाउँपालिकामा मात्र वाणिज्य बैंकको शाखा पुग्न सेकेको छैन् । यो गाउँपालिकामा अहिले सम्म ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गको कुनैपनि बैंक तथा वित्तीय संस्थाले सेवा दिएका छैनन् । भौगोलिक रुपमा विकट गाउँपालिका भएकाले पनि यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको चासो नपुगेको हो । तर सरकारले हरेक स्थानीय तहमा वाणिज्य बैंक जानै पर्ने बाध्यात्मक अवस्था सिर्जना गरेपछि भने स्थानीय तहमा वाणिज्य बैंकका शाखा सञ्चालनमा आएका हुन् । तरपनि रोल्पाको सुनछहारी गाउँपालिकामा अहिलेसम्म वाणिज्य बैंक स्थापना भएको छैन ।

सरकारले प्रत्येक स्थानीय तहको कारोबार अनिवार्य वाणिज्य बैंकबाट हुनुपर्ने व्यवस्था गरेपनि यो गाउँपालिकामा कुनै वर्गको बैंक तथा वित्तीय संस्थाले सेवा नदिदा सरकारी कारोबार मात्र नभएर स्थानीयमा वित्तीय सेवाको विषयमा कुनै जानकारी नै छैन् । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर स्रोतका अनुसार सुनछहारी गाउँपालिकामा नेपाल एसबीआई बैंकले शाखा स्थापना गर्ने तयारी गरिरहेको छ । अहिले सम्म उक्त गाउँपालिकामा कुनैपनि वित्तीय संस्था नहुँदा त्यहाँका सर्वसाधारण लामो याता गरेर बैंकसम्म पुग्नु परेको अवस्था छ । स्थानीयहरुले विदेशबाट आएको रेपमट्यान्स लिन समेत लामो समय यात्रा गरेर अन्यत्र जानुपर्ने बताउँछन् । बैंक नहुँदा घरमै पैसा राख्नुपर्ने बाध्यता भएको स्थानीयहरु बताउँछन् । सुनछहारी गाउँपालिकामा अहिले १९ हजार भन्दा बढी जनसंख्या रहेको छ ।


राष्ट्र बैंकको तथ्याङक अनुसार प्रदेश ५ मा अहिलेसम्म १ सय ८ स्थानीय तहमा ‘क’ वर्गका वाणिज्य बैंकको शाखा संख्या ४ सय ८३ पुगेको छ ।  बैकिंगखबरबाट

प्रकाशित मितिः     २२ चैत्र २०७५, शुक्रबार १४:१८  |
error: Content is protected !!