राजश्व विवरण पठाउन मालपोत कार्यालयलाई प्रदेश सरकारको निर्देशन


बाँके : प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशकै सबै मालपोत कार्यालयहरुलाई राजश्वको बिबरण पठाउन निर्देशन दिएको छ । आर्थिक वर्ष २०७६ र २०७७ को वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि राजश्व अनुमान गर्नुपर्ने भएकाले मालपोत कार्यालयलाई राजश्व बिबरण पठाउन निर्देशन दिइएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको फागुण मसान्तसम्म पुँजीगत लाभर बाहेक अन्य शिर्षकमा संकलन भएको कुल राजश्वको महिनागत बिबरण पठाउन भनेको छ । यही चैत २६ गतेभित्र निश्चित ढाँचामा बिबरण पठाउन निर्देशन दिएको छ ।

प्रकाशित मितिः     २३ चैत्र २०७५, शनिबार ०९:०२  |