होटल/रिर्सोट परिचय : बर्दिया गैंडा क्याम्प रिर्सोट


पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज प्रकृति र वन्यजीवजन्तुको अवलोकनका लागि प्रमुख पर्यटकियक्षेत्रका रुपमा स्थापित छ । यसका साथै यहाँ थारू संस्कृति अवलोकन गर्नका लागि र साहसिक भ्रमणको साथै प्रत्यक्ष रूपमा प्रकृतिको खोज गर्नको लागी रुचि राख्नेहरु आउनुहुन्छ ।

त्यसैलाई लक्षित गरी हामीले रिर्सोट स्थापना गरेका हौं । हामीसँग १३ वटा डबल र सिंगल बेड भएका कोठाहरूमा गर्म स्नानघर र शौचालय, मच्छर जाल, आरामदायक बेड र एयर कंडीशनिंग रहेका छन् । हामी संग सुन्दर र आकर्षक, शान्तिपूर्ण, ताजा र प्राकृतिक वातावरणमा बैठक, कार्यशाला, गोष्ठी, सामाजिक कार्र्य वा सामान्य सत्रको लागि एसी सम्मेलन कक्ष रहेकोछ। निस्शुल्क वाईफाई र गाडी पार्किंगको सुविधा पनि छ ।


पारिवारिक वातावरणमा स्वादिष्ट भोजनको आनन्द लिनुका साथै बर्दिया नेशनल पार्कमा विभिन्न क्रियाकलापजस्तै गोही प्रजनन केन्द्र, थारू संग्रहालय, पर्यटकिय सुचना केन्द्र, हात्ति सफारी, जंगल पैदल, जीप सफारी, क्याम्पिङ, थारू नाच, चराहरू अवलोकन र साइकल यात्रा जस्ता गतिविधिहरू हामीका गराइन्छ ।


बिनोद बुढाथोकी
मार्केटिङ्ग म्यानेजर
बर्दिया गैंडा क्याम्प रिर्सोट

प्रकाशित मितिः     २३ चैत्र २०७५, शनिबार १५:३३  |
error: Content is protected !!