वन पैदावारको साधारणसभामा उद्योगी,व्यवसायी सम्मानित


नेपालगन्ज : नेपाल बन पैदावार उद्योग ब्यवसायी संघ बाँकेले बारा र पर्साका हावाहुरी प्रभावितलाई २५ हजार रुपिया सहयोग गर्ने भएको छ । शनिबार नेपालगञ्जमा सम्पन्न ७ औं बार्षिक साधारणसभामा हावाहुरी प्रभावितलाई २५ हजार सहयोग दिने निर्णय भएको महासंघका केन्द्रीय सदस्य रबिन्द्र लम्सालले जानकारी दिए ।

 यसैगरी करेन्ट लगाएर अपांगता भएका बाँकेको कुसुमका सुरेश कुमाललाई ११ हजार रुपिया सहयोग दिने भएको छ । ग्रिन नेपालगञ्ज क्लिन नेपालगञ्ज अभियानलाई पनि ११ हजार रुपिया सहयोग गरेको छ । महासंघका अध्यक्ष सुरेश चन्दको अध्यक्षता र पुर्ब केन्द्रीय अध्यक्ष कपिल अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पशुपतिदयाल मिश्रा लगायतका उद्योगी ब्यवसायीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा महासंघका पुर्ब अध्यक्ष अधिकारीले ब्यावसायिक हकहितका लागि ब्यावसायिक एकता अपरिहार्य भएको बताए । महासंघको बार्षिक साधारणसभा कार्यक्रमको संचालन केन्द्रीय सदस्य रविन्द्र लम्सालले गरेका थिए ।

प्रकाशित मितिः     २३ चैत्र २०७५, शनिबार २०:०९  |