भार्गव विकास बैंकको साधारणसभा : मर्जर सम्बन्धि बिशेष प्रस्ताव पेश हुने


बाँके, २४,चैत : नेपालगन्जमा प्रधान कार्यालय रहेको भार्गव विकास बैंकले ११ औं साधारणसभामा मर्जर सम्बन्धमा आवश्यक निर्णय गर्ने भएको छ । बैंकले यही चैत ३० गते शनिबार साधारणसभा बोलाएको छ ।
साधारणसभामा मर्जरका सम्बन्धमा सम्पूर्ण अख्तियारी सन्चालक समितिलाई प्रदान गर्ने सम्बन्धि प्रस्ताव लैजान लागिएको छ । ‘उपयुक्त अन्य बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ती – एक्जिबिजिशन) सम्बन्धि हुने र गर्ने निर्णय सन्र्दभमा सन्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारीत गर्ने’–११ औं वार्षिक साधारण सभामा बिशेष प्रस्ताव भन्दै यो बिषयलाई यसरी समेटिएको छ ।
बैंकले चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांस पनि बितरण गर्ने निर्णय पारित गर्दै छ ।

प्रकाशित मितिः     २४ चैत्र २०७५, आईतवार ०७:५६  |