नेपालगन्जमा नगर प्रहरीको भर्ना खुल्ला : एसइई उत्तिर्ण हुनैपर्ने,दलको सदस्य हुन नहुने


नेपालगन्ज,२४ चैत : नेपालगन्ज उपमहानगरपालिकाले नगर प्रहरी जवानमा भर्ना खोलेको छ । चैत २० गते सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएको थियो । चैत २६ गते आवेदन दिने अन्तिम समयसीमा तोकिएको छ ।
चैत १० गते सम्पन्न भएको साधारणसभाले गरेको निर्णय अनुसार दश जना नगर प्रहरी जवानका लागि आवेदन माग गरिएको छ । उपमहानगरपालिकाले शारीरिकका साथै शैक्षिक योग्यता पनि तोकेको छ । नगर प्रहरी जवान हुन इच्छुक एसईई उत्तिर्ण हुनै पर्ने र कुनै पनि राजनीतिक दलको सदस्य हुन नहुने लगायतका योग्यता तोकिएको छ ।

प्रकाशित मितिः     २४ चैत्र २०७५, आईतवार १७:५६  |