दिपक बज्राचार्यले भने,-‘राबडीका बारे सुनेको छु,यसपटक खाने हो’ (हेर्नुहोस् भिडियो)


  • दिपक बज्राचार्य
    गायक

नयाँ वर्ष २०७६ लाई स्वागत गर्न नेपालगन्ज आउँदै छौं । सिद्धार्थ होटलले यहि चैत ३० गते आयोजना गर्न लागेको न्यू एयर ईभ पार्टीमा हाम्रो पुरै टिम बाजा,गाजा सहित सहभागि  हुन्छ । धेरै वर्षको अन्तराल पछि नेपालगन्ज आउन लागेकोमा हामी असाध्यै खुःसी छौं । त्यहाँ आउन पाउँदा यहाँहरु भन्दा हामीलाई धेरै खुःसी महसुस भइरहेको छ । पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागतमा जमेर गाउनुपर्छ र जमेर नाँच्नुपर्छ ।
आज भन्दा १५/२० वर्ष अघि एउटा शिखर साँझमा मदनकृष्ण, हरिबंश दाईहरुसंग सहभागि भएको थियो । त्यसबीचमा चाहेर पनि नेपालगन्ज आउन पाईन । तर नेपालगन्जप्रति मेरो माया, ममता संधै छ । काठमाण्डौंमा पनि मिनि नेपालगन्ज जस्तै जमघट भइरहन्छ । नेपालगन्जका मेरा साथीहरुको जमघटमा सहभागि भएको छु । त्यहाँका खानेपरिकारहरु खाएको छु । राबडीका बारे धेरै सुनेको छु । यसपटक समय मिल्यो भने रावडी खानुपर्ला । बागेश्वरी मन्दिरको पनि दर्शन गर्ने बिचार छ ।
काठमाण्डौं र पोखरा जस्ता शहरहरुमा कार्यक्रमहरु भइरहन्छन्, त्यहाँ बारम्बार गइरहन्छौं । नेपालगन्जमा धेरै समयपछि आउँदैछु । हामी समय मिलेर नेपालगन्जको सांगीतिक कार्यक्रमलाई सम्झनलायक बनाऔं ।

( गायक बज्राचार्यसंग नेपालगन्ज बिजनेशले टेलिफोनमा गरेको कुराकानीमा आधारित)

होटल सिद्धार्थले कार्यक्रमका लागि बनाएको भिडियो तल हेर्नुहोस् ।

प्रकाशित मितिः     २४ चैत्र २०७५, आईतवार १५:५५  |