नेपालगन्ज,२५,चैत : कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, र दाङका विपन्न किसानको जीविकोपार्जन सुधार गर्न तथा स्वदेशमा खपत हुने कपासको माग धान्ने गरी २०३७ पुसमा यो समितिको सरकारले कपास विकास समिति गठन गरेको थियो । कपास उत्पादन (आफै तथा किसानको सहयोगमा), कपास प्रसार तथा अनुसन्धान, कपास खरिद तथा प्रशोधन, प्रशोधित कपास कपडा उद्योगलाई बिक्री गर्ने मुख्य लक्ष्य थियो । कपास विकास समितिले २०४८देखि ५१ सम्म २ हजार टन कपास बिक्री गथ्र्यो । २०५२ मा जब माओवादी बिद्रोह सुरु भयो त्यही वर्ष पनि एक हजार सात सय २३ टन बिक्री गरेको थियो । २०५९ मा चार सय टनसम्म कपास उत्पादन गरेको थियो । गत वर्ष २०७०/७१ देखिको दुई सय १२ टनमध्ये हाल ५२ टन कपास बिक्री भए पनि तीन करोड ४८ लाख मूल्यबराबरको एक सय ६० टन कपास मौज्दात छ । सोही समिति अन्र्तगत सम्बन्धित जिल्लामा लगाएको कपास र कृषकहरुका पुराना तस्बिरहरु ।