नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसनमा सल्लाहकार र बरिष्ठ सदस्य मनोनित


नेपालगन्ज : नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसन बाँकेले बिभिन्न पदमा मनोनयन गरेको छ । सोमबार बसेको बैठकले वरिष्ठ सदस्यमा संतोष कुमार वैश्य र सलाहकारमा प्रलाद कुमार लखेर , हरिश्चन्द्र श्रेष्ठ र दत्त प्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय गरिएको अध्यक्ष चिरंजीबी ओलीले जानकारी दिए ।
आगामी दिनमा संस्थालाई अझ क्रियाशिल बनाउने सहयोग पुग्ने बिश्वास गरिएको छ । अध्यक्ष ओली व्यवसायीक तथा सामाजिक हितका लागि काम गरिने बताए ।

प्रकाशित मितिः     २६ चैत्र २०७५, मंगलवार ०७:५३  |