निर्दयी तरिकाले बसको डिग्गीमा कोचेर राख्दा ५ वटा खसी मरे, व्यापारी र चालकलाई कारवाही


नेपालगन्ज : नेपालगन्जबाट काठमाडौं जाँदै गरेको एउटा बसको डिग्गीबाट प्रहरीले मरेका ५ वटा खसी फेला पारेको छ । मंगलबार राती बसपार्क सुरक्षमा खटिएको प्रहरीले ना ५ ख ८९९७ नम्बरको एयर सस्पेन्स बसको डिग्गीबाट मरेका खसी फेला पारेको थियो । कोचाकोच गरेर राखिएको खसी निस्सासिएर मरेको प्रहरीले अनुमान गरेको छ । यसअघि पनि यसैगरी दर्जन बढि खसी मरेको अवस्थामा नेपालगन्ज बसपार्कबाट फेला पारिएको थियो ।
प्रहरीले मरेका खसी पशु क्वारेन्टाइन चेक पोस्ट नेपालगन्जको जिम्मा लगाएको थियो । चेक पोस्टका सूचना अधिकारी अम्मरबहादुर शाहीले खसी गाडेर खसी ओसार पसारमा संलग्न रविन कुरेसी र मनबहादुर ओलीलाई जनही ५ हजारका दरले जरिवाना गरेको बताए । निर्दयी तरिकाले पशुपंछीको ओसारपसारमा रोक लगाईएको भएपनि कडाईका साथ कार्यान्वयन हुन सकिरहेको छैन ।

प्रकाशित मितिः     २७ चैत्र २०७५, बुधबार २१:३५  |