उद्योग वाणिज्य महासंघको साधारणसभा : कोहलपुर ब्यापार संघ सम्मानित


काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघले महेशलाल प्रधानलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ। महासंघका पूर्व अध्यक्षसमेत रहेका प्रधानलाई प्रधानमन्त्री केपी ओलीले सम्मान गरेका हुन्। चण्डीराज ढकाललाई पनि विशेष सम्मान गरिएको छ। उनी पनि महासंघका पूर्वअध्यक्ष हुन्।

माहासंघको ५३औं बार्षिक साधारणसभाको अवशर परेर समन्न गरिएको हो। द्वीराष्ट्रिय संगठनमा नेपाल-भारत उद्योग बाणिज्य संघलाई सम्मानित गरिएको छ। महासंघले विभिन्न संगठनहरुलाई पनि पुरस्कृत गरेको छ। बस्तुगततर्फ नाडा प्रथम भएको छ भने कम्प्युटर एसोसिएसन दोस्रो र विउ ब्यवसायी संघ तेस्रो भएको छ।


यसैगरी क बर्गको संगठनका रुपमा प्रथम लेखनाथ उद्योग बाणिज्य संघ भएको छ। दोस्रो ललितपुर र तेस्रो उद्योग संगठन मोरङ भएको छ। ख वर्गमा प्रथम म्याग्दी, दोस्रो रत्ननगर र तेस्रो वालिङ उद्योग बाणिज्य संघ भएको छ। यसैगरी पाँचथर प्रथम, बाँकेको कोहलपुर दोस्रो र जुम्ला उद्योग बाणिज्य संघ तेस्रो भएको छ।  कोहलपुर उधोग बाणिज्य संघ सम्मानित भयपछी कोहलपुरका ब्यापारीले खुसी व्यक्त गरेका छ्न।

प्रकाशित मितिः     २८ चैत्र २०७५, बिहीबार १६:४२  |
error: Content is protected !!