‘दश मिनेटभित्र प्रहरी र दमकल नपुगेको भए उद्योग पुरै खरानी हुन्थ्यो’


नेपालगन्ज (उदयपुर), २९, चैत : नेपालगन्ज– १३, उदयपुरस्थित ओम प्लाई एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान चार बजे आगो लाग्यो । आगलागीको खबर पाएको दश मिनेटभित्रै प्रहरी र दमकल पुग्दा थप क्षति हुन पाएन । नेपालगन्ज भन्दा केही किलोमिटर भित्र भएपनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपालगन्ज उपमहानगरपालिकाको मात्र होइन कोहलपुर नगरपालिकाको दमकल पनि दश मिनेट भित्रै उद्योगमा पुगेको थियो ।
‘उद्योगबाट आगलागी भएको खबर पाउने बित्तिकै म घरबाट निस्किए । बाटोमा प्रहरी र दकमल पनि संगै थिए ।’ उद्योगका महाप्रबन्धक पशुपति दयाल मिश्रले भने–‘करिव दश मिनेटमा सबै आईपुग्नुभएको थियो ।’ सबै संयनत्र परिचालन भएको दुई घण्टामा आगो नियन्त्रण भएको थियो । दश मिनेट भित्र सबै संयन्त्र नआएको भए उद्योग पुरै जल्ने अवस्था थियो ।‘प्रहरी, दमकल, स्थानीय सबैको सहयोगमा आगो नियन्त्रण भयो’– मिश्रले भने ।

https://nepalgunjbusiness.com/2019/04/5510/

प्रकाशित मितिः     २९ चैत्र २०७५, शुक्रबार ११:०३  |