- कृष्ण चौधरी
सचिव
होमस्टे एशोसियसन, प्रदेश ५
नयाँ वर्ष २०७६ सालको बिशेष अवसरमा होमस्टे, पर्यटनक्षेत्रमा लाग्नु र सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पावन अवसरमा थप उन्नती र प्रगति होस् कामना छ ।
राजनीतिक स्थिरतासंगै देशका हरे क्षेत्रमा उत्साह छाएको छ । त्यसबाट बाँकेको पर्यापर्यटनलाई पनि सकारात्मक विकासमा सहयोग पुगेको महसुस गरेको छु । बाँके जिल्ला आफै पर्यटकीय क्षेत्र होइन यो त मुकाम मात्र हो भनेर बुझिन्थ्यो । तर होइन यो आफैमा पनि पर्यटकीय ठाउँ हो भन्ने कुरा २०७५ सालमा स्थापित गर्न सकेका छौं । बाँके राष्ट्रिय निकुन्ज र होमस्टेको विकासले बाँकेलाई पर्यापर्यटनको जिल्लाका रुपमा प्रचार गर्न सहयोग मिलेको छ । यसर्थ २०७५ बाँकेको पर्यापर्यटनका लागि सुःखद रह्यो ।
२०७५ सालमा बाँके देशभर चिनिएको छ । अब हामी २०७६ मा दोब्बर संख्यामा स्वदेशी तथा बिदेशी पर्यटक भित्राउँछौ । यसका लागि पूर्वाधार तयार भइसकेको छ । हामी अत्यन्त उत्साहीत छौं । २०७५ साल जस्तै २०७६ हाम्रा लागि झनै बिशेष हुनेछ ।