भार्गव विकास बैंकको निक्षेपदेखि खुद मुनाफा बृद्धि, मर्जरका लागि सन्चालक समितिलाई अख्तियारी


नेपालगन्ज, ३० चैत : भार्गव विकास बैंक साधारणसभाले उपयुक्त बैंक तथा वित्तिय संस्थासंग मर्जर हुनका लागि सन्चालक समितिलाई अख्तियार दिएको छ । आज शनिबार नेपालगन्जको सिद्धार्थ भ्यू होटलमा भएको एघारौं साधारणसभाले मर्जरका लागि सम्पूर्ण अख्तियारी सन्चालक समितिलाई दिने सम्बन्धि प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले उपयुक्त बैंक तथा वित्तिय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने (मर्जर हुने ), प्राप्ती/समाहित (एक्वीजिसन) हुने/ गर्ने सन्र्दभमा सन्चालक समितिलाई अख्तियार दिने निर्णय पारित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत पुष्कर जोशीले जानकारी दिए । नेपालगन्जमा प्रधान कार्यालय रहेको उक्त बैंकले प्रदेश ५ को बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देही १७ वटा शाखा मार्फत आफ्नो सेवा दिइरहेको छ ।
बैंकको साधारणसभाले अध्यक्षको आर्थिक वर्ष २०७५/२०७६ को बाह्य लेखापरिक्षकको नियुक्ती लगायत २०७४/२०७५ को वासलातलाई सर्बसम्मत्तिले पारित गर्नुका साथै २०७४ /२०७५ संचित मुनाफाबाट ६ प्रतिशत नगद लाभांसका रुपमा शेयरधनीलाई बितरण गर्ने निर्णय पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा गत आवको तुलनामा निक्षेप तर्फ ५९ प्रतिशत, कर्जातर्फ ६४ प्रतिशत र खुद मुनाफा तर्फ २७ प्रतिशतले बृद्धि गरेको छ । बैंकको एघारौ साधारणसभाको प्रमुख अतिथी अध्यक्ष डम्बर बहादुर थापाले बैंकको व्यवसायीक बृद्धिदर सन्तोषजनक रहेको तथा आन्तरिक नियन्त्रण प्रणाली चुस्तदुरुस्त पारिएको बताए । सन्चालक जगन्नाथ गोदामेले स्वागत मन्त्व्य व्यक्त गरेका थिए । बैंकले ३६५ दिने बैंकिङ्ग सेवा, सम्पूर्ण रेमिट्यान्स सेवा, सन्ध्याकालिन काउण्टर लगायतका बैंकिग सेवा दिदै आएको छ ।

प्रकाशित मितिः     ३० चैत्र २०७५, शनिबार १५:५२  |