२०७५ : प्रदेश ५ का लागि ‘खेल वर्ष’ सावित, केन्द्रमा बाँके


नेपालगन्ज,१ बैशाख : राष्ट्रपति बिद्यादेवी भण्डारीले भब्य समारोहकाबीच नेपालगन्ज रंगशालामा अबको तीन दिनपछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समुद्घाटन गर्नुहुनेछ । बैशाख ५ गते हुने समुद्घाटन समारोहलाई सम्झनलायक बनाउन आयोजक युद्धस्तरमा जुटेको छ । ‘राष्ट्रगानको संयौ फुलका थुङ्गा हामी एउटै माला नेपाली ’ भन्ने भावको झझल्को दिने गरी झाँकी तयार पारिदैछ । देशको सबैभन्दा ठुलो खेल कुम्भ गर्ने दोस्रो पटक अवसर पाएको नेपालगन्ज रंगशाला बैशाख ५ गते यसरी दुलही झैं सजिएको देख्न पाईनेछ ।

समुद्घाटन समारोहको पर्खाइ मात्र बाँकी रह्यो अब । नत्र खेलहरु त यतिबेला धमाधम भइरहेका छन् । बिभिन्न बिधामा खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन् । मुख्य केन्द्र नेपालगन्ज त खेलमय हुने नै भइहाल्यो बाँकी प्रदेश ५ का बिभिन्न जिल्लामा पनि खेलकुदको माहोल तात्तिएको छ । देशको ध्यान खेलकुदमा छ त्यसको केन्द्रमा नेपालगन्ज छ ।  प्राविधिकरुपले मात्र २०७६ लाई छुन पुगेको आठौ राष्ट्रिय खेलकुद २०७५ सालमा बाँके र बर्दियालाई खुःसी दिने सबैभन्दा ठुलो ‘पर्व’ सावित भयो । संघीयता कार्यान्वयनसंगै धेरै कुरा गुमाएको महसुस गरेको बाँके र बर्दियाले यतिका ठुलो प्रतियोगिता आयोजना गर्न पाउनु आफैमा ठुलो कुरा हो । यहि प्रतियोगिताका कारण बाँके र बर्दियाले थप चिनिने अवसर समेत पाएको छ । साथै मौका पाए बाँके र बर्दियाले देशका जुनसुकै ठुला कार्यक्रमको नेतृत्व लिन सक्छ भन्ने सन्देश पनि दिएको छ ।


प्रदेश ५ संघीयता कार्यान्वयन पछि पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रदेश बन्न सफल भयो । यसकारण मुख्यमन्त्री शंकर पोख्रेलले नै २०७५ लाई खेल वर्ष बनेका छन् । केही समय अघि पोखरेलले सामाजिक सन्जाल फेसबुकमा लेखे,–‘प्रदेश ५ मा यो वर्ष सय भन्दा बढि खेल मैदान र आधा दर्जन स्टेडियम निर्माणको प्रकृयामा छन् । खेलक्षेत्रको विकासले क्रमशः गति लिदैछ ।’ मुख्यमन्त्री पोखरेलले भनेजस्तै २०७५ प्रदेश ५ का लागि ‘खेल वर्ष’ सावित भयो ।

प्रकाशित मितिः     १ बैशाख २०७६, आईतवार २०:३३  |
error: Content is protected !!