नेपालगन्जमा पनि ‘गो कार्ट’ खेल्न पाइने


नेपालगन्ज, २ बैशाख : नेपालगन्जमा पहिलो पटक गो कार्ट कार खेल भित्राईदैछ । बिदेशमा अत्याधिक रुचाइने यस्तो खेल नेपालगन्ज, सुर्खेतरोडस्थित बिनि फिटनेशले सन्चालन गर्ने तयारी गरेको हो ।

गो कार्ट सानो कारमा एकजना मात्र बसेर खेल्ने खेल हो । बिनि फिटनेशले करिव दश वटा जति यस्तो कार भित्रा्उदैछ । बैशाखको अन्तिम साता नभए जेष्ठको पहिलो साताभित्रबाट गो कार्ट खेल्न पाइने बिनि फिटनेशले जानकारी दिएको छ । यसका लागि पूर्वाधार तयारको काम धमाधम भइरहेको छ । नेपालमा सम्भवत काठमाण्डौं पछि नेपालगन्जमा दोस्रो गो कार्ट खेल उपलब्ध हुने छ ।


प्रकाशित मितिः     २ बैशाख २०७६, सोमबार ०८:०२  |
error: Content is protected !!