फेरिएको रंगशाला देखेर दङ्ग ‘माननीय’


नेपालगन्ज, २ बैशाख : नेकपाका नेता एवं प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक, पूर्वसांसद देवराज भार लगायतका नेता आठौं राष्ट्रिय खेलकुद प्रतियोगितास्थल नेपालगन्ज रंगशाला अवलोकन पुगेका छन् । अत्याधुनिक प्रविधि र पूर्वाधार सहित फेरिएको नेपालगन्ज रंगशाला देखेपछि सांसदहरु खुःसी भए ।
उनीहरुले रंगशाला अवलोकनपछि निर्माणको अन्तिम चरणमा पुगेको भिआईपी प्याराफिटमा बसेर केहीबेर अवलोकन गरेका थिए । खेलकुद विकास समितिका प्रदेश ५ अध्यक्ष भिम ओलीले नेताद्धयलाई स्वागत गर्दै प्रचार सामाग्री प्रदान गरे । रंगशाला अवलोकनमा नेता नरेन्द्र न्यापाने, पूर्व खेलाडी समेत रहेका समशुद्धिन सिद्धकी लगायतको सहभागिता थियो ।


प्रकाशित मितिः     २ बैशाख २०७६, सोमबार १६:२७  |
error: Content is protected !!