प्रधानमन्त्रीलाई बाँकेका १७ वटा योजना बारे ध्यानार्कषण


नेपालगन्ज, ४ बैशाख : प्रधानमन्त्रीले भेरी बबइ डाइभर्सनको उद्घघाटन पश्चात होटेल सोल्टीमा मंगलबार सांझ जिल्लाका जनप्रतिनिधी तथा अगुवा कार्यकर्ता सँग भेटघाट तथा अन्तरकृया गरेका छन् ।
प्रधानमन्त्री सँगको छलफलको सुरुवातमा नेकपाका केन्द्रीय सदस्य तथा बाँके १ का सँघिय साँसद महेश्वर गहतराज अथकले समग्र बाँकेको बिकास निर्माण र प्रादेशिक राजधानीका बिषयमा जनताको गुनासोका बिषयमा जानकारी गराए । बिशेष गरि सिक्टा सिचाइ, नेपालगँज बिमान स्थल, आइटी विश्वबिद्यालय,क्यान्सर अस्पताल,सडक सँजाल निर्माण,नौबस्ता औधौगिक क्षेत्रको बिकास लगायतका १७ बटा बिकास निर्माणका बारेमा लिखित तथा मौखिक माग पेश गरे ।
छलफलका क्रंममा नेकपाका नेकपाका केन्द्रीय सदस्य मोहमद हारन, प्रदेश कमिटि सदस्य नरेन्द्र पाण्डे जेम्स , पुजन बिश्बकर्मा,गोपाल गिरी, निरक गुरुङ,बिजया धीताल, उद्यमी तथा राजनीतिज्ञ पशुपति दयाल मिश्र लगायतले जिज्ञासा राखेका थिए ।
नेता तथा कार्यकर्ताको जिज्ञासालाइ प्रधानमन्त्री के,पि,शर्मा वलीले सम्बोधन गर्ने आश्वासन दिए । प्रम वलीले यहि बैशाख ९ गते सम्म पार्टीका सबै तहमा समायोजन हने बताउदै बिकास निर्माणका काममा लागिपर्ने वताउनु भयो । र ५ नँ प्रदेशको राजधानी दाङमा हुदा नै सबैलाइ पायकपर्ने बताउनु भयो । कार्यक्रममा ५ नँ प्रदेशका मुख्यमन्त्री शँकर पोख्रेलको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     ४ बैशाख २०७६, बुधबार ०७:५६  |