पत्रकार महासंघ बाँकेले आन्दोलन गर्दै, भोली बिहान ९ बजे जिल्ला प्रशासनमा आउन सबैलाई अपील


नेपालगन्ज, ४ बैशाख : पोखरामा पत्रकार अर्जुन गिरीलाई समाचार लेखेकै कारण प्रहरीले साईबर क्राईम मुद्दा चलाएको बिरोधमा नेपाल पत्रकार महासंघ बाँके शाखाले भोली बिहिवार जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गर्ने भएको छ ।
महासंघको केन्द्रीय कार्यक्रम अनुसार बिहान ९ बजेदेखि एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडी घेराउको कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा सहभागि भईदिन सम्पूर्ण पत्रकार र नागरिक समाजका अगुवालाई आग्रह गरिएको अध्यक्ष ठाकुरसिंह थारुले जानकारी दिए ।


प्रकाशित मितिः     ४ बैशाख २०७६, बुधबार २१:३६  |
error: Content is protected !!