बाँके ५ बैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले भब्य समारोहका बीच शुक्रबार साँझ नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभयो । बिशेष सांस्कृतिक उत्सव सहितको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले देशको नाम उँचो बनाउन खेलाडीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो ।
उहाँले खेलक्षेत्रको विकासमा कुनै कसर बाँकी राख्न नहुने पनि बताउनुभयो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखे्रलले प्रदेश ५ ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरेर ऐतिहास निर्माण गरेको उल्लेख गर्नुभयो । उहाँले खेलक्षेत्रलाई प्रदेश ५ ले उच्च महत्व दिएको बताउनुभयो । खेलकुद मन्त्री जगत श्रीपाईलीले खेलक्षेत्रको विकासमा राज्यले कुनै कसर बाँकी नराखेको बताउनुभयो । राखेप सदस्य सचिव केशव बिष्टले दुई वर्षको अन्तरालमा हुन नसकेको राष्ट्रिय खेलकुद यसपटक सम्भवत भएको बताउनुभयो । उद्घाटन समारोहमा भब्य साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
