आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन समारोहको आज बेलुकीको कार्यतालिका


-बिहीबार बेलुका ४–५ वजेसम्म सर्वसाधरण लगायतलाई रङ्गशाला प्रवेश गराइनेछ ।
-साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ ।
-५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ ।
-६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ ।
-६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ ।
-७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत मन्तब्य राखिनेछ ।
-७ः१५ मा ओलम्पियन सुरेन्द्र हमालद्वारा ओलम्पिक टर्च बालिनेछ ।
सोही क्रममा उपस्थित विभिन्न स्कुलका विद्यार्थी, खेलाडी, सुरक्षाकर्मी लगायतले आफ्ना सांगेतिक गतिविधि गर्नेछ ।
-करिब ९ बजे सम्म हुने कार्यक्रमको अन्त्यमा नेपालको राष्ट्रिय खेलकुद ईतिहासमै पहिलो पटक गरिन लागेको आतिशबाजी गराई दर्शक उपस्थित अतिथीहरुलाई मनोरञ्जन प्रदान गरिने पूर्व योजना रहेको राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मितिः     ५ बैशाख २०७६, बिहीबार १५:३१  |