नेपालगन्जमा खाना महोत्सवको तयारी, भिमलाल कंडेलको संयोजकत्वमा समिति गठन


नेपालगन्ज,८ बैशाख : बाँकेका होटल व्यवसायी र मदिरा व्यवसायी खाना महोत्सवको तयारीमा जुटेका छन् ।शनिवार का दिन होटल ब्यवसायी संघ बाँके ,मदिरा ब्यवसायी संघ बाँके र नेपालगन्ज वितरक संघको सयुक्तमा बसेको बैठकले यही २०७६ साल कार्तिक महिनामा हुने खाना महोत्सवको तयारीका लागि बिभिन्न निर्णय गरेको छ। नेपालगंज खाना महत्सव ७ सदस्यीय कार्यन्वयन समिति गठन गरिएको हो।
भिम लाल कंडेलको संयोजकत्वमा गठन भएको समितिको सदस्यमा अमित बस्नेत ,राजेश श्रेष्ठ राम बहादुर लिम्बु ,रङ्ग बहादुर खड्का ,मिम बहादुर सिंह ,हरिलाल न्योपानेरहेका छन्।

प्रकाशित मितिः     ८ बैशाख २०७६, आईतवार १०:१२  |