नेपालगन्जमा भाटभटेनी सुपर मार्केट खुल्दै, पूर्वाधार निर्माणको काम धमाधम


नेपालगन्ज, ७ बैशाख : भाटभटेनी सुपर मार्केटले सबै सामान एउटै छानामुनि ल्याउने उद्देश्यलाई मूर्त रूप दिएकै कारण शपिङ गर्ने भन्नेबित्तिकै अधिकांशको मुखमा भाटभटेनी निस्किहाल्छ । त्यही चर्चित ब्राण्डले नेपालगन्जमा लगानी भित्रा्एसंगै पश्चिम नेपालमा प्रवेश गरेको छ ।

भाटमटेनीले नेपालगन्जको कारकाँदोको सुर्खेतराडमा सुपर मार्केटका लागि अत्याधुनिक भवन निर्माणको कामलाई तिब्रता दिइरहेको छ। यसैवर्ष सन्चलन गर्ने गरी यतिबेला अण्डरग्राउण्ड पार्किसंगै भब्य भवन निर्माणको कामलाई तिब्रता दिएको छ। ईन्जिनियरदेखि मजदरहरुदिनरात काममा खटिएका छन्। साविकको मध्य र सुदुरपश्चिममा भाटभटेनीले पहिलोपटक नेपालगन्जबाट आफ्नो लगानी भित्रा्एको हो । नेपालगन्जसंगै भाटभटेनीले भैरहवा,इटहरीजस्ता शहरमा आफ्नो शाखा बिस्तार गर्दै छ।
आममानिसमा भाटभटेनी भनेकै सुपर मार्केट हो भन्ने भान पर्ने गरेको छ । यद्यपि, भाटभटेनी भनेको काठमाडौंमा अवस्थित एक ऐतिहासिक र सांस्कृतिक महत्त्व को मन्दिर हो । भाटभटेनी मन्दिरछेउमा पहिलो स्टोर खोल्दा त्यसको नाम नै भाटभटेनी स्टोर राखिएको थियो ।  भाटभटेनीले मुख्यगरी ड्राई फ्रुट, मसला र दाल तथा गेडागुडीलाई आफ्नै ब्राण्डमा प्याकेजिङ गरी उत्पादनको रूपमा उपभोक्तामाझ ल्याइरहेको छ । यी सामानको कच्चा पदार्थ मुख्यतः नेपालभित्रैबाट र केही विदेशबाट सङ्कलन गरिन्छ र तिनलाई काठमाडौंको बौद्धमा प्रशोधन गरी प्याकेजिङ गरिन्छ ।

नेपालभित्र छरिएर रहेका आफ्ना प्रतिनिधिले पहिले नै कृषकसँग उनीहरूको उपज खरीद गर्ने मूल्य र परिमाण तथा समय पक्कापक्की गर्छन् । त्यही कारण भाटभटेनीका ग्राहकले एउटै मूल्यमा सामान खरीद गर्न सक्ने वातावरण बनेको छ । देशभर नै भाटभटेनी सुपर मार्केट सञ्चालन गरी मुलुकभर एउटै मूल्यमा उपभोक्तालाई सहज तरिकाले सामान उपलब्ध गराउने योजना भाटभटेनीको रहेको छ ।भाटभटेनीले मुख्य काजु, पिस्ता, नरिवल, छोकडा, बदाम (अलमोण्ड), किसमिसलगायत ड्राई फ्रुट आयात गरी आफैले प्याकेजिङ गरेर विक्री वितरण गर्छ । त्यसैगरी जिरा, धनिया, मेथी, आलस, सर्स्यूं, तोरी, सूर्यमुखीलगायत मसलाको पोषणतत्त्व नष्ट नहुने गरी प्याकेजिङ गरिँदै आएको भाटभटेनीको दावी छ ।

घरका लागि आवश्यक पर्ने होस् वा कार्यालयका लागि ती सबै सामान भाटभटेनीमा पाइन्छ भन्ने धारणा हरेक परिवारमा रहेको पाइन्छ । मोबाइल, टिभी, फर्निचर, खेलौना र घरायसी सामान पनि भाटभटेनीमा उपलब्ध छन् । राजादेखि रङ्कसम्म अर्थात् धनाढ्यदेखि गरिबसम्मले आ–आफ्नो गच्छेअनुरूपका सामान सहज र सुलभ रूपमा भाटभटेनीमा किन्न पाउँछन् ।

प्रकाशित मितिः     ८ बैशाख २०७६, आईतवार ०९:५९  |