नेपालगन्जमा ‘प्रि बजेट’ छलफल बुधवार, नीजिक्षेत्रको धारणा बनाउँदै संघ


नेपालगन्ज,८ बैशाख : प्रतिनिधिसभाको अर्थसमितिले आगामी आर्थिक वर्ष २०७६÷७७ को बारेमा नेपालगन्जमा यही बैशाख ११ गते ‘प्रिबजेट’ छलफल गर्ने भएको छ । सातैवटै प्रदेशमा प्रि बजेट छलफल गर्ने कार्यक्रम अनुसार प्रदेश नम्बर ५ को बुटवल र नेपालगन्जमा हुँदै छ।

बैशाख ११ गते होटल सिग्नेटमा कार्यक्रम तय गरिएकोछ । प्रि बजेट छलफलका लागि नीजिक्षेत्रको प्रतिनिधित्व गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघले आफनो धारणा बनाउँदै छ। नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले प्रि बजेट छलफल कार्यक्रममा नीजिक्षेत्रले कस्ता मुद्दा समेट्ने भन्ने बिषयमा आन्तरिक तयारी थालिएको बताए ।

बैश्यले मुख्यरुपमा भन्सार,कर प्रणालीदेखि,जडिबुटीका समस्या जस्ता व्यवसायीक समस्या समाधानका लागि सरकारले नीतिगतरुपमा बजेटमा समेट्नुपर्ने बिषयलाई प्राथमिकताका साथ उठाउने तयारी भइरहेको बताए । संघका कार्यक्रम संयोजक कुशल गुप्ताले समग्र जिल्लाका व्यवसायीहरुको समस्या समाधान गराउने गरी ड्राफ्टबनाउने काम भइरहेको जानकारी दिए ।अर्थसमितिका सदस्यहरुले प्रि बजेट छलफल कार्यक्रममा आउँदा गौरवका आयोजना, भन्सार र राजश्व इकाईको पनि अध्ययन गर्ने छन् ।

प्रकाशित मितिः     ८ बैशाख २०७६, आईतवार १६:४६  |