सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका ठुला उद्योग/प्रतिष्ठान सहभागि


नेपालगन्ज, ९ बैशाख : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा नेपालगन्जका आधा दर्जन उद्योग/प्रतिष्ठान सहभागि भएका छन् । कार्यक्रम शुरु भएको पाँच महिनामा यहाँका सन्चालित बिजय मेटल इण्डष्ट्रिज, जय मंगलम सिमेन्ट उद्योग , पानस फर्मा जस्ता प्रतिष्ठित उद्योग सामाजिक सुरक्षा कोषमा सुचिकृत भएका हुन ।

सामाजिक सुरक्षा कोषले चैत महिना सार्वजनिक गरेको रोजगारदाताको सुचिमा बाँकेमा आधा दर्जन उद्योग प्रतिष्ठानको नाम रहेको छ । कन्हैयालाल बैद्य सन्चालक रहेको बिजय मेटलले धातुका सामाग्री उत्पादन गर्दै आएको छ । प्रेस कुकर समेत उत्पादन गर्ने बिजय मेटलका तीनवटा फर्म रहेका छन् । भिएमआई ग्रुप अन्र्तगत रहेका सबै फर्म सामाजिक सुरक्षा कार्यक्रममा सहभागि भएका छन् । उक्त उद्योग २०७५ फाल्गुण २० गते कोषमा इन्ट्री भएको हो ।

त्यस्तै जयमंगल सिमेन्टले बिभिन्न ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । जयमगल सिमेन्ट उद्योगका सन्चालक शतिश अग्रवालले सरकारी अयिभानमा उद्योगी, व्यवसायीको साथ रहेका प्रतिक्रिया दिए ।  पानस यहाँको सबैभन्दा ठुलो र एक मात्र औषधी उत्पादक कम्पनी हो । बाँकेमा सामाजिक सुरक्षा कार्यक्रममा सहभागि हुने प्रतिष्ठान पानस नै हो । यि बाहेक कर्णाली डिष्ट्रिलरी, सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी, बाँके राष्ट्रिय निकुञ्ज लगायतका निकाय सामाजिक सुरक्षा कोषमा सहभागि हुने प्रक्रियामा रहेका छन् । कोषले चैतसम्मको बिबरण सार्वजनिक गरेकाले त्यसयता दर्ता भइसकेका र दर्ता प्रक्रियामा गएका उद्योग, प्रतिष्ठानको संख्या बढ्ेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले सामाजिक सुरक्षा कोषमा यहाँका उद्योग, प्रतिष्ठान सहभागि हुने प्रक्रियामा रहेको बताए । धेरै उद्योगी, व्यवसायीले यस बिषयमा नबुझेकाले सहभागि हुनेको संख्यामा कमी देखिएको अध्यक्ष बैश्यले जानकारी दिए । सामााजिक सुरक्षा कोषले आगामी असार महिनासम्म सुचिकरण हुन उद्योग, प्रतिष्ठानलाई म्याद थप गरेको छ ।

प्रकाशित मितिः     ९ बैशाख २०७६, सोमबार १४:०६  |