नेपालगन्ज, १० बैशाख : नेपालगन्जको चर्को गर्मी छल्न कहाँ जाने योजना बनाउँदै हुनुहुन्छ ? थोरै बजेट अनि भनेजति समयमा गर्मी छल्ने हो भने नेपालगन्जका तारे होटलका स्विमिङ पुल सबैभन्दा उत्तम । यहाँका आधा दर्जन होटलमा सुविधा सम्पन्न स्विमिङ पुल सन्चालनमा छन् । होटल सिद्धार्थ, सिग्नेट, स्नेह, किचन हट, सोल्टी, कोहलपुरमा सेन्ट्रल प्लाजाले स्विमिङ पुल सन्चालन गर्दै आएका छन् । होटल बाटिकाको पनि स्विमिंग पुल छ भने ह्वाईट हाउसको बन्द अवस्थामा छ ।
सिद्धार्थ लगायतका होटलले यसपटक स्विमिङ पुललाई सुविधा सम्पन्न बनाउँदै अपग्रेड गरेका छन् । ‘हरेक वर्ष जसो स्विमिङ पुलमा नुहाएर गर्मी छल्नेको संख्या बढ्दै छ’ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय प्रबन्धक केशव न्यौपानले भने–‘’त्यसैलाई मध्यनजर गर्दै सुविधा पनि थपिएको हो ।’ स्विमिङ पुलमा होटलमा आउने सेवाग्राही मात्र नभई बाहिरबाट जानेहरुले पनि नुहाउने अवसर पाउँछन् । नेपालगन्जका तारे होटलका स्विमिंग पुलमा नुहाएर गमीृ छल्नुको मज्जा नै बेग्लै छ ।
सेन्ट्रल प्लाजा