नेपालगन्ज उपमहानगरमा साढे ६ हजार बेरोजगारको निवेदन दर्ता (वडागत तथ्यांक हेर्नुहोस्)


नेपालगन्ज, १० बैशाख : प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागि हुन नेपालगन्ज उपमहानगरपालिकामा मात्र ६ हजार ४ सय २२ जनाले निवेदन दिएका छन् । एक महिनाको अवधीमा झण्डै साढे ६ हजार जनाले निवेदन दिएको उपमहानगरपालिकाका रोजगार संयोजक हरिबोल भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुभएसंगै स्थानीय तहबाट चैत महिनाभर निवेदन माग गरिएको थियो । उक्त अवधीमा नेपालगन्ज उपमहानगरपालिकाबाट अत्याधिक बेरोजगारहरुको निवेदन पर्न आएको हो । बैशाख मसान्तसम्म निवेदन दिने म्याद थप गरिएकाले यो संख्या अझ बढ्ने भट्टराईले बताए ।  नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा बढि वडा नम्बर १९ बाट १२ जनाले निवेदन दिएका छन् ।सबैभन्दा कम २ नम्बर वडाबाट ११ निवेदन आएको छ । निवेदन दिनेहरु कतिपय स्नातक उत्तिर्ण गरेकासम्म रहेका छन् ।
हेर्नुहोस् कुन वडाबाट कति निवेदन प¥यो ।

१ वडा सय, २ नम्बरमा ११, ३ नम्बरमा १७, ४ नम्बरमा ७८, ५ नम्बरमा १४, ६ नम्बरमा ५०, ७ नम्बरमा ७८, ८ नम्बरमा ८८, ९ नम्बरमा २ सय र १० नम्बर वडामा ८३ जनाले आवेदन दिएका छन् । त्यस्तै वडा नम्बर ११ बाट ३५, १२ बाट १६, १३ बाट ९ सय ३२, १४ नम्बरबाट ४ सय ६२, १५ नम्बरबाट ९ सय, १६ नम्बरबाट ८२, १७ नम्बरबाट ६ सय ५४, १८ नम्बरबाट १ सय ९५, १९ नम्बरबाट १२ सय, २० नम्बरबाट १ सय १७, २१ नम्बरबाट ६ सय ८५, २२ नम्बरबाट ४ सय १० र २३ नम्बर वडाबाट १५ वटा निवेदन परेका छन् ।

प्रकाशित मितिः     १० बैशाख २०७६, मंगलवार १६:३५  |