समायोजनमा असन्तुष्ट कर्मचारीको गुनासो सम्बोधन हुन्छ : लालबाबु पण्डित


नेपालगन्ज, १० बैशाख : सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनमा असन्तुष्ट कर्मचारीको ‘गुनासो बाँकी नरहने’ गरी समस्याको समाधान गरिने बताएका छन् । संघीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष कर्मचारीको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको बताउँदै मन्त्री पण्डितले बाँकी रहेका गुनासा पनि हल गरिने उल्लेख गरे ।
मंगलबार नेपालगन्जको होटल सिद्धार्थमा आयोजित पत्रकार भेटघाटमा मन्त्री पण्डितले बिधिपुर्वक समायोजनका असन्तुष्टिका स्वरहरु समाधान हुनेमा ढुक्क रहन आग्रह गरे । ‘हामीले अत्यन्त महत्वपूर्ण काम सफलतापुर्वक सकेका छौं ।’– मन्त्री पण्डितले भने । मन्त्री पण्डितले असन्तुष्टि कर्मचचारीका ९० प्रतिशत गुनासामा मनका बह पोखिएको बताउँदै ती मनका बह पनि समाधान हुने बताए ।
स्वास्थ्यक्षेत्रमा समायोजनका क्रममा समस्या देखिएको बताउँदै उनले प्राप्त गुनासाका आधारमा समाधान खोजिने जानकारी दिए । फरक प्रसंगमा बोल्दै मन्त्री पण्डितले कसैले चाहाँदैमा राजा नफर्किने पनि बताए ।

प्रकाशित मितिः     १० बैशाख २०७६, मंगलवार १९:१२  |