बैजापुर ( गुर्दनगौरी), ११ बैशाख : राप्तीसोनारी गाउँपालिका– ४ गुर्दनगौरीलाई ‘भेटिएको गाउँ’ भनेर चिनिन्छ । अति दुर्गममा पर्ने भेटिएको यो गाउँ विकासका हिसावले निकै पछि परेको छ । न बिजुली छ न पिउने पानीकै राम्रो व्यवस्था । स्थानीय कष्टकर तरिकाले जीवनयापन गरिरहेका छन् ।
बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद महेश्वर गहतराज अथक मंगलबार त्यही भेटिएको गाउँमा पुगेका छन् । राजनीतिक र सामाजिकरुपमा अगुवाहरुको दलबल बनाएर सांसद अथक कोहलपुरबाट गुर्दनगौरी लागे । बैजापुर र त्यसपछि कहिले मोटरसाईकल त कहिले पैदल यात्रा गर्दै गाउँ पुगे । सांसद अथक आफ्नो गाउँमा आएको देखेपछि स्थानीय हर्षित भए । गाउँको विकासका बारेमा खुलेर कुरा राखे । सांसद अथकले पनि ध्यान दिएर गुर्दनपुरका जनताको कुरा सुने ।
स्थानीयले बिजुली,खानेपानी र शीक्षा लगायत रोजगारीको समस्या रहेको जानकारी गराएका छन । बैजापुरबाट करिब २ घन्टा मोटर साइकलको बाटो रहेको त्यस ठाउका मानिसहरुले अहिले पनि खोलाको पानी पिउन बाध्य छन । पुरुषहरु सबेै कामाउन बाहिर जाने र महिलाहरुले बाख्रापालेर र बाबियोको डोरी बाटी बाटेर बिक्रीवितरण गरि जिविकोपार्जन गर्ने गरेको सुनाए ।
२०६२ सालमा स्थापना भएको सुर्योदय प्रा बि मा ५५ जना बालबालिका अध्यनरत रहेको भन्दै बिद्यालय नजिकैको खोलाले कटान गरि बिध्यालय खोलाले बगाउने समस्या रहेको बिध्यालयका प्रअ आकृति घर्तीले दुखेसो पोखिन । बिद्यालय लाइ खोलाले बगाउन बाट बचाउन तटबन्धको ब्यवस्था गर्न उनले आग्रह गरिन ।
पुरै दिन गुर्दनपुरमा बिताएका सांसद अथकले स्थानीयको समस्या सुनेपछि समाधानका लागि पहल गर्ने बताए । ‘यहाँहरुको समस्या बुझेनकै लागि म यहाँ आएको हुँ ।’ सांसद अथकले भने–‘बोलेर होइन गरेरै यहाँको समस्या समाधान गर्छु ।’ भेटघाट कार्यक्रममा नेकपाका प्रदेश सदस्य नरेन्द्र न्यौपाने राप्तीसोनारी गापा कमिटीका अध्यक्ष चीम बहादुर घर्ती पुर्व साँसद पट्टु थारु नेकापाका जिल्ला नेता बलराम भट्टराइ लगाइत पत्रकारहरुको उपस्थिति रहेको थीयो ।