उद्योगका लागि जानकी गाउँपालिकाले जारी ग¥यो यस्तो सूचना


नेपालगन्ज, ११ बैशाख : बाँकेको जानकी गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेका उद्योग, कलकारखाना र व्यवसायीक फर्मलाई नियमन गर्न शुरु गरेको छ । जानकी गाउँपालिमा जिल्लाकै सबैभन्दा धेरै ठुला उद्योगहरु सन्चालनमा रहेका छन् ।
सिमेन्ट उद्योगदेखि छड उत्पादन गर्नेसम्म दर्जनौ उद्योग सन्चालनमा छन् । तर कतिपय उद्योगहरु गाउँपालिकामा सुचिकृत पनि नहुने र कर पनि नतिर्ने गरेको पाईएको छ । गाउँपालिकालाई कति उद्योग छन् भन्ने पनि थाहा छैन ।
अब तथ्यांक पनि लिने र ती उद्योगहरुलाई नियमन गर्ने तयारीमा गाउँपालिकामा लागेको छ । गाउँपालिकाको शाखाले दर्ता र नविकरण प्रक्रियामा आउन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रकाशित मितिः     ११ बैशाख २०७६, बुधबार १६:५४  |